१ पुस २०८२, मंगलबार | December 17, 2025

संविधानमाथि आक्रमण गरेर ओली हाँस्दै हिँडेका छन् : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण भएको बेलामा हाँस्न नसकिने जनाएका छन् ।

युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र संकटमा परेको बेलामा कोही पनि हाँस्न नसक्ने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउने क्रममा सो कुरा भनेका हुन् ।

नेपालमा गणतन्त्र आउँदा रुँदै हिँडेका केपी ओली अहिले संविधानमाथि आक्रमण गरेर प्रतिनिधिसभा विघटन गर्दा हाँस्दै हिँडेको प्रसंग उठाउँदै प्रचण्डले जनता स्तब्ध हुँदा ओली हसाउँदै हिँडेको बताए ।

प्रचण्डले परिवर्तनका उपलब्धी गुमेको शोकमा आफुहरु हाँस्न नसक्ने बताए । प्रचण्डले भने,‘ हामी जन्ती जाँदा रुँदै जाने र मलामी जाँदा पनि हाँस्दै हिँड्ने हामी केपी ओली जस्तो होइनौं । हामी मलामी जाँदा चिन्ता गरेरै हिँड्छौँ र जन्ती जाँदा हाँस्ने गरेरै हिँड्छौँ । हामी त्यस्ता स्वभाविक मान्छे हौंँ । तर, उहाँ अस्वभाविक हुनु भएको छ ।’

केही दिनअघि प्रचण्डले केपी ओलीलाई जोक्करको संज्ञा दिँदै उनको काम हसाँउने मात्रै भएको टिप्पणी गरेका थिए । त्यसको प्रतिटिप्पणीमा शनिबार ओलीले आफुले जनता हसाउँदा प्रचण्डलाई किन पिर परेको भन्दै प्रश्न गरेका थिए ।

प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अझ सशक्त आन्दोलनको आवश्यकता रहेको जनाए । उनले भने ‘असंवैधानिक रुपमा संसद विघटन गरिएपछि हामी पक्कै पनि गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन पनि आवेग र आक्रोशका साथ अलिकति जुझारू बन्न जरुरी छ ।’

प्रचण्डले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको समेत आरोप लगाए ।

अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा खेपेकाहरुलाई ओलीले आफै न्यायाधीश बनेर सफाइ दिँदै हिँडेको प्रचण्डको आरोप छ।

प्रचण्डले भने, ‘उहाँ जे भन्नु हुन्छ त्यो गर्नु हुन्न। म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्न भनेर उहाँ भन्नुहुन्छ। तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मुर्ख बनाउन आफै न्यायाधीस बनेर अघि सर्नुहुन्छ ।’

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  २ : ४४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष