१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडलाई  विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री रहेका थिए । दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री हुँदा राम्रो काम गरेकोले प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । यद्यपी खतिवडा अमेरिकाको राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ३७ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously