२३ माघ २०८२, शुक्रबार | February 6, 2026

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगडलाई  विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री रहेका थिए । दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री हुँदा राम्रो काम गरेकोले प्रधानमन्त्रीले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । यद्यपी खतिवडा अमेरिकाको राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ३७ बजे

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना