२ भदौ २०८३, मंगलबार | August 18, 2026

केपी ओलीको घमण्डका कारण जुटेको नेकपा फुट्यो : माधव नेपाल



नेपालगन्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रचण्ड -नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी अोलीको घमण्डका कारण जुटेको नेकपा विभाजित भएको बताएका छन् । आईतबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई दुर्योधन जस्तै अर्काको कुरा नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी र तानाशाही प्रवृत्तीका नेता भएको बताए ।

ओलीलाई दृष्टिकोण र चिन्तनमा समस्या भएको बताउँदै अध्यक्ष नेपालले पार्टीको सिद्धान्त, विचार र नीतिमा हिड्न नजान्ने ब्यक्तिलाई नेता मान्न नसकिने बताए।

उनले संसद विघटन संविधान विपरित भएको बताउँदै कुनै पनि हालतमा संसद विघटन नहुने दावी गरे । संविधान विपरित भएका निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्ने विश्वास ब्यक्त गर्दै नेपालले जनताको ताकतबाट संसद पुनस्थापना गरीछाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

संविधान र गणतन्त्रको रक्षार्थ आन्दोलन जरुरी रहेको बताउँदै नेता नेपालले आन्दोलनलाई शसक्त बनाउँदै गाँउ-गाँउ, बस्ती-बस्तीमा संघर्षका कार्यक्रमहरु संचालन गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

पुर्व एमाले र माओवादीलाई भर्याङ बनाएर सत्तामा पुगेका ओलीले कहिलै पनि पार्टी एकिरकरणको पक्षमा काम नगरेको नेपालले आरोप लगाए

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ३९ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति