१६ बैशाख २०८१, आइतबार | April 28, 2024

केपी ओलीको घमण्डका कारण जुटेको नेकपा फुट्यो : माधव नेपाल



नेपालगन्ज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रचण्ड -नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी अोलीको घमण्डका कारण जुटेको नेकपा विभाजित भएको बताएका छन् । आईतबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई दुर्योधन जस्तै अर्काको कुरा नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी र तानाशाही प्रवृत्तीका नेता भएको बताए ।

ओलीलाई दृष्टिकोण र चिन्तनमा समस्या भएको बताउँदै अध्यक्ष नेपालले पार्टीको सिद्धान्त, विचार र नीतिमा हिड्न नजान्ने ब्यक्तिलाई नेता मान्न नसकिने बताए।

उनले संसद विघटन संविधान विपरित भएको बताउँदै कुनै पनि हालतमा संसद विघटन नहुने दावी गरे । संविधान विपरित भएका निर्णयलाई सर्वोच्च अदालतले खारेज गर्ने विश्वास ब्यक्त गर्दै नेपालले जनताको ताकतबाट संसद पुनस्थापना गरीछाड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

संविधान र गणतन्त्रको रक्षार्थ आन्दोलन जरुरी रहेको बताउँदै नेता नेपालले आन्दोलनलाई शसक्त बनाउँदै गाँउ-गाँउ, बस्ती-बस्तीमा संघर्षका कार्यक्रमहरु संचालन गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

पुर्व एमाले र माओवादीलाई भर्याङ बनाएर सत्तामा पुगेका ओलीले कहिलै पनि पार्टी एकिरकरणको पक्षमा काम नगरेको नेपालले आरोप लगाए

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ३९ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश