५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अशोक लेलैण्डले सुरु गर्यो मेघा विन्टर सर्भिस क्याम्प २०२१



काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्धारा संचालित अशोक लेलैण्डले मेघा विन्टर सर्भिस क्याम्प २०२१ सुरु गरेको छ । कम्पनीले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आजबाट सुरु गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि जाँच पनि उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्नेछन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । यो क्याम्पीङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्नेछन् ।

सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ५३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं