१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

अशोक लेलैण्डले सुरु गर्यो मेघा विन्टर सर्भिस क्याम्प २०२१



काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्धारा संचालित अशोक लेलैण्डले मेघा विन्टर सर्भिस क्याम्प २०२१ सुरु गरेको छ । कम्पनीले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आजबाट सुरु गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि जाँच पनि उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्नेछन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । यो क्याम्पीङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्नेछन् ।

सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ५३ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously