६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिनाउ मिसनको ५५ औ शाखा बर्दघाटमा



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको ५५ औं शाखा नवलपरासी पश्चिमको बर्दघाटमा सञ्चालनमा आएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं। ४ बर्दघाटमा थप शाखा विस्तार गरेको हो । आज देखि सञ्चालनमा आएको शाखाको एक समारोहका बीच विकास बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले संयुक्त रुपमा उदघाटन गरे ।

शाखा उद्घाटनकै अवसर पारेर बैंकले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत स्थानीय दाउन्नेदेवी माध्यमिक विद्यालय र श्री नवजीवन माध्यमिक विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री प्रदान गरेको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै बैंकका संचालक समितिका अध्यक्ष जिवन प्रसाद ओझाले सर्वसाधारणलाई आधुनिक बैंकका पहुंचमा पु-याउन गाँउगाँउमा बैंकले शाखा खोल्दै गएको बताए ।

कार्यक्रममा संचालक सदस्य ऋषिराम पाण्डे, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

१७ अर्व ६७ करोड निक्षेप संकलन गरी १३ अर्व ३० करोड कर्जा लगानी गरेको बैंकले १५ वटा एटिएमबाट सेवा दिईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंक ईन्टरनेशनलले गाभ्नको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भईसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिए लगत्तै सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने श्रेष्ठले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : १९ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना