१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान थप १ जना संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

गत पुस २८ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचार गराईरहेका नेपालगंज-१ धम्बोजी निवासी ४९ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगंजमा आज भर्ना गरेको १० मिनेटमै मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

फोकल पर्सन ओलीका अनुसार पिसिआर परिक्षणमा पुस २८ गते आएको रिपोर्टमा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएपश्चात पछी निजको स्वास्थ्य अवस्था सामान्य रहेकोले स्वास्थ्यकर्मीको सल्लाहमा नै होम आइसोलेसनमा रोखिएकोमा आज स्थास्थ्यमा थप समस्या देखिएपछि बिहान ६ बजे भेरी अस्पताल लगिएको थियो । बेहोस अवस्थामा अस्पताल पुगेको केहिबेरमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

हाल जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँके, नेपाली सेना र पारिवारिक पक्षबाट शव व्यवस्थापनका लागि समन्वय भइरहेको फोकलपर्सन ओलीले बताए ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : ४९ बजे

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि