४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, अन्य स्थानमा आंशिकदेखि सामान्य बदली



काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ ।

हाल प्रदेश नं १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै देशका पहाडी भू-भागका केही स्थानहरु र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुईरो लागि रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना देखिएको छ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ४७ बजे

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्