१५ असार २०८३, सोमबार | June 30, 2026

ओलीसँग तत्काल एकताको सम्भावना छैन, पाँच सात वर्ष पछि के हुन्छ भन्न सकिन्न : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालै एकताको सम्भावना नरहेको बताएका छन् ।

काठमाडौंमा बुधबार बिहान सम्पादकहरुसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले सार्वजनिक रुपमा गल्ती स्वीकार नगरेसम्म उनीसँग एकताको सम्भावना नरहेको बताएका हुन् । तर ओलीले आत्मालोचना गर्ने र गल्ती स्वीकार गर्ने सम्भावना नरहेको पनि प्रचण्डले बताए । पाँच सात वर्ष पछि के हुन्छ भन्न सकिन्न, तर अहिल्यै अब ओलसँग एकता हुन नसक्ने उनले स्पष्ट पारे ।

केपी ओलीलाई सहमति पालना गराउन र विधि पद्धतिमा हिँडाउन नसक्नुमा आफूहरुको कमजोरी भएको भन्दै प्रचण्डले त्यसप्रति आत्मआलोचना समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर लैजान खोजेकाले आफूमा केही आवेग आएको पनि प्रचण्ड बताए । अलिकति आवेगमय त हुनै पर्‍यो भन्न खोजेको हो । उनले भने, ‘तर, मैले त्यसो भन्दै गर्दा शान्तिपूर्ण प्रतिस्पर्धात्मक प्रणालीको प्रतिबद्धता पनि सँगसँगै जोडेको थिएँ । ‘शाकाहारी’ शब्दको गलत व्याख्या हुँदा केही कन्फ्यूजन ल्याएको छ भन्ने महसुस मलाई भएको छ । ’

अध्यक्ष प्रचण्डले आफुहरु प्रधानमन्त्री पदका लागि मरिहत्ते गर्ने खालको मान्छे नभएको बताए । उनले भने, ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौँ,’ उनले भने,‘ यो भन्दा बढी व्याख्या म गर्न चाहन्नँ । तपाईंहरुले देखिराख्नु भएकै छ । ’

अध्यक्ष प्रचण्डले देशमा ओलीले यति ठूलो दुर्घटना निम्त्याउलान भन्ने आफुले पहिला नसोचेको बताए ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ११ : ४८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै