२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा एकजना पुरुषको आगो लगाई हत्या



बुटवल । रुपन्देहीको मर्चवारमा एक जनाको आगोमा जलाएर हत्या भएको छ। अन्दाजी ३५ वर्षका पुरुषको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका ७ गरकट्टी स्थित दानव नदीको किनार नजिकै खेतमा आगो लगाएर जलेको शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा फेला परेको शव आंशिक रुपमा जलेको छ। घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको छ।

घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । शवको सनाखतका लागि १ सय भन्दा बढी स्थानीयलाई बोलाएपनि सनाखत हुन नसकेको उनले बताए।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ भने घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ३ : २१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय