५ श्रावण २०८३, मंगलबार | July 22, 2026

मोरङमा शिक्षक हत्यामा संलग्न भनिएका विप्लवका एक नेता हतियारसहित पक्राउ



विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको अभियोग लागेका प्रतिबन्धित विप्लव नेकपाका नेतालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भनिएका नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई प्रहरीले हतियारसहित बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई मंसिर २३ गते राति घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो।

३२ वर्षीय बिकलाई बुढिगंगा गाउँपालिका वडा नं. ४स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल, म्यागजिन र त्यसमा लाग्ने ३ थान गोलीबरामद गरेको छ। उनी संखुवासभाको मादी नगरपालिका वडा नं. ४ ओखरबोटे (साविकको मादी गाविस रामवेनी)का स्थायी बासिन्दा हुन् ।

बिक पक्राउ परेसँगै शिक्षक श्रेष्ठको हत्यामा संलग्न अन्य व्यक्तिहरुको बारेमा पनि अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : ४० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं