२३ बैशाख २०८१, आइतबार | May 5, 2024

मोरङमा शिक्षक हत्यामा संलग्न भनिएका विप्लवका एक नेता हतियारसहित पक्राउ



विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको अभियोग लागेका प्रतिबन्धित विप्लव नेकपाका नेतालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भनिएका नेकपाका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर बिकलाई प्रहरीले हतियारसहित बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई मंसिर २३ गते राति घाँटी रेटेर जंगलमा हत्या गरिएको थियो।

३२ वर्षीय बिकलाई बुढिगंगा गाउँपालिका वडा नं. ४स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल, म्यागजिन र त्यसमा लाग्ने ३ थान गोलीबरामद गरेको छ। उनी संखुवासभाको मादी नगरपालिका वडा नं. ४ ओखरबोटे (साविकको मादी गाविस रामवेनी)का स्थायी बासिन्दा हुन् ।

बिक पक्राउ परेसँगै शिक्षक श्रेष्ठको हत्यामा संलग्न अन्य व्यक्तिहरुको बारेमा पनि अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ११ : ४० बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि