३ पुस २०८२, बिहिबार | December 19, 2025

आज प्रचण्ड-नेपाल पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-नेपाल पक्षले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ।

उपत्यका तथा उपत्यकासँग जोडिएका जिल्लाबाट समेत आफ्ना समर्थक उतारेर नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो। जनप्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार साँझ नेकपाका युवा विद्यार्थीले काठमाडौंका बिभिन्न स्थानमा मसाल जुलुश प्रदर्शन गरेका थिए।

सत्ताको दबाबमा नपरी संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्न संवैधानिक अंगहरुलाई उचित वातावरण निर्माण गर्न जनप्रदर्शन गरिन लागेको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् ।

संविधानको रक्षा र विघटित संसद् पुनस्र्थापनाको निम्ति आधार खडा गर्ने उद्देश्यले जनप्रदर्शन गर्न लागिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजकसमेत रहेका नेकपाका प्रवक्ता श्रेष्ठले बताएका थिए ।

दिउँसो १२ बजेबाट राजधानीका नौ ठाउँबाट स्थायी समिति सदस्यहरुको नेतृत्वमा प्रदर्शन सुरु हुने नेकपाले जनाएको छ । नौ स्थानबाट निस्केका सबै प्रदर्शनहरु रत्नपार्कमा एकिकृत हुने र भृकुटी मण्डपमा पुगेर बिरोध समाभा परिणत हुने कार्यक्रम छ। माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट जुलुश सुरु हुने नेकपाले जनाएको छ।

सबैतिरको जुलुस सुरुमा रत्नपार्कमा जम्मा हुनेछ। त्यहाँबाट एकीकृत जुलुस पुनः भद्रकाली, शहिदगेट, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ। सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

जुलुश प्रदर्शनका लागि संघर्ष समितिले निश्चित पेशागत समूह र क्षेत्रगत रुपमा ठाउँ निर्धारण गरेको छ। माइतीघरबाट सुरु हुने प्रदर्शनमा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, पेशागत संगठन, प्रेस संगठन, बुद्धिजीवी, प्राध्यापक, वकिल, इन्जिनियर र प्रदेश २ का जिल्लाबाट आउने नागरिक सहभागी हुनेछन्। यो प्रदर्शनको अगुवाइ लीलामणि पोख्रेल, गिरिराजमणि पोखरेल, मातृका यादव, हरिबोल गजुरेल, गणेश साह र पेशल खतिवडाले गर्नेछन्।

त्यसैगरी डिल्लीबजारबाट सुरु हुने प्रदर्शनमा काठमाडौं–३, ४ र ५ नम्बर क्षेत्रबाट आउनेहरु सहभागी हुनेछन्। जसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्नेछन् भने लैनचौरबाट निस्कने जुलुसमा काठमाडौं–६ र ७, नुवाकोट र रसुवाबाट आएका प्रदर्शनकारी सहभागी हुने छन्। यो जुलुसको नेतृत्व भीम रावल, शक्ति बस्नेत र नन्दकुमार प्रसाईले गर्ने तयारी छ।

त्रिपुरेश्वरबाट निस्कने जुलुशमा काठमाडौं–८, ९ र १०, धादिङ, चितवन, मकवानपुर र गण्डकी प्रदेशबाट आउने नागरिक सहभागी हुनेछन्। जसको अगुवाई देवेन्द्र पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले गर्नेछन् । कुपण्डोलबाट सुरु हुने जुलुशमा ललितपुर जिल्लाका अलावा खेलकुद र सुकुम्बासी संगठनमा आवद्धहरु सहभागी हुनेछन्। जसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त र नन्दकुमार थापाले गर्नेछन्।

प्रदर्शनीमार्गबाट सुरु हुने जुलुसमा सम्पर्क कमिटी, आदिवासी जनजातिसहितका जनसंगठनकाहरु सहभागी हुनेछन्। जसको नेतृत्व घनश्याम भूसाल र जनार्दन शर्माले गर्ने कार्यक्रम छ। शान्तिबाटिकाबाट मजदुरको जुलुश निस्कने छ, जसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठले गर्नेछन्।

त्रिचन्द्र कलेजबाट विद्यार्थीको जुलुश निस्कने छ। जसको नेतृत्व देव गुरुङ, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने र हितमान शाक्यले गर्नेछन्।

त्यसैगरी पेशागत क्षेत्रका सवै संगठनको जुलुश वाल्मिकी क्याम्पसबाट सुरु हुने कार्यक्रम छ। जसको नेतृत्व अमृत बोहोरा, मुकुन्द न्यौपाने र विष्णुपुकार श्रेष्ठले गर्ने संघर्ष समितिले जनाएको छ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : १७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको