५ माघ २०८२, सोमबार | January 20, 2026

बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने



काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज पुनः बस्दैछ ।

मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध नेकपाकै सांसदहरुबाट अविश्वासको प्रस्ताव दर्ता भैसकेको अवस्थामा प्रदेशसभा बैठकलाई महत्वका साथ हेरिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाएका छन् ।

बैठकको कार्यसूचि कार्यव्यवस्था परामर्श समितिले टुंग्याउने भएपनि बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गरिने नेकपाको प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि अविश्वास प्रस्तावमाथि छलफल हुनसक्ने जनाएको छ ।

६ महिनाभित्र प्रदेशसभा अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यताका कारण प्रदेशसभाको हिउँदे अधिवेशन बोलाइए पनि सभामुख श्रेष्ठले त्यसपछि बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका थिए । तर, मुख्यमन्त्री पौडेलले भने अविश्वासको प्रस्ताव सामाना गर्ने बताइसकेका छन् । विपक्षी दलहरुले समेत बैठक बोलाउनुपर्ने दबाब दिएपछि सभामुखले आजका लागि बैठक तय गरेका हुन् ।

बागमती प्रदेशमा केपी शर्मा ओली निकट डोरमणि पौडेल मुख्यमन्त्री छन् । पौडेल विरुद्ध नेकपाको प्रचण्ड नेपाल पक्षका ४५ जना सांसदले गत पुष १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले वैकल्पिक मुख्यमन्त्रीमा सांसद अष्टलक्ष्मी शाक्यलाई अघि सारेका छन् ।

अविश्वासको प्रस्ताव पारित या मुख्यमन्त्रीलाई नै विश्वासको मत प्राप्तिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निर्णयक अवस्थामा रहेको छ । यद्यपी, काँग्रेसले अहिलेसम्म आफ्नो पोजिसन स्पष्ट पारेको छैन ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : ५९ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच