१ पुस २०८२, मंगलबार | December 16, 2025

शहीद सप्ताह सुरु, आज शहीद शुक्रराजको शालिकमा श्रद्धान्जली अर्पण



काठमाडौं । आजबाट शहीर सप्ताह सुरु भएको छ ।

काठमाडौँको टेकु पचलीस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको छ ।

शनिबार शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उनको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ।

शुक्रराज शास्त्री जहाँनिया राणा शासनको विरुद्द लड्ने चार शहीदमध्ये एक हुन् ।

शहीद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गतेसहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने छ ।

त्यसैगरी माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर सहिद स्मारक लैनचौर पुगि सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : ४७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज