७ चैत्र २०८२, शनिबार | March 21, 2026

एनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनले संघको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।

संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतवार कोषाध्यक्ष महेश कुमार श्रेष्ठद्धारा प्रस्तुत आर्थिक वर्ष ७४ र ७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको हो ।

महाधिवेशनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघभित्रको आर्थिक प्रशासनलाई अनुसाशित र पारदर्शी बनाइएको बताए । उनले संस्थाभित्र आर्थिक परिचालनमा भएका कमीकमजोरीलाई हटाउन काठमाण्डौंस्थित सचिवालयमा हुने लापरवाहीमा कडाई गरिएको बताए।

आर्थिक प्रतिवेदन पेश गर्दै श्रेष्ठले संस्थाको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउनको लागि आर्थिक तथा कर्मचारी नियमावली, लेखा परिक्षण, वार्षिक बजेट तर्जुमा लगायतका सुधारका काम थालिएको बताए।

उनले कोरोना भाइरसको प्रभावका कारण अनुमानित वार्षिक बजेट भन्दा कम खर्च भएको बताउदै गत वर्षको अनुमानित बजेटबाट जम्मा २९ प्रतिशत बजेट मात्र खर्च भएको जानकारी दिए ।

आर्थिक प्रतिवेदन माथि केशव कंडेल, जानकी गुरुङ्ग, गंगाधार गौतम, हरिहर अर्याल, मिन बहादुर जिशी, विदुर खत्री, ओम बहादुर क्षेत्री, सुरज केसी, ज्ञानेन्द्र रेग्मी, सुनिल शाह, चिरन शर्मा, दीलिप गुरुङ्ग, शिवजी श्रेष्ठ, टिबी कार्की लगायतले संस्थाको आर्थिक प्रसाशन सुधारको लागि सुझाव राखेका थिए ।

अधिवेशनमा प्रतिनिधीहरुले राखेका जिज्ञासाको उत्तर कोषाध्यक्ष महेश कुमार श्रेष्ठले दिएका थिए ।

उपाध्यक्ष सोनाम लामा, सहकोषाध्यक्ष लोकमणी ढकाल लगायतका पदाधिकारीले बोलेको अधिवेशनको संचालनको महासचिव डा. हेम राज शर्माले गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : १८ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा