२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनआरएनए विशेष महाधिवेशनः आर्थिक प्रतिवेदन अनुमोदन



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनले संघको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।

संघको विशेष महाधिवेशनको दोस्रो दिन आइतवार कोषाध्यक्ष महेश कुमार श्रेष्ठद्धारा प्रस्तुत आर्थिक वर्ष ७४ र ७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको हो ।

महाधिवेशनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघभित्रको आर्थिक प्रशासनलाई अनुसाशित र पारदर्शी बनाइएको बताए । उनले संस्थाभित्र आर्थिक परिचालनमा भएका कमीकमजोरीलाई हटाउन काठमाण्डौंस्थित सचिवालयमा हुने लापरवाहीमा कडाई गरिएको बताए।

आर्थिक प्रतिवेदन पेश गर्दै श्रेष्ठले संस्थाको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउनको लागि आर्थिक तथा कर्मचारी नियमावली, लेखा परिक्षण, वार्षिक बजेट तर्जुमा लगायतका सुधारका काम थालिएको बताए।

उनले कोरोना भाइरसको प्रभावका कारण अनुमानित वार्षिक बजेट भन्दा कम खर्च भएको बताउदै गत वर्षको अनुमानित बजेटबाट जम्मा २९ प्रतिशत बजेट मात्र खर्च भएको जानकारी दिए ।

आर्थिक प्रतिवेदन माथि केशव कंडेल, जानकी गुरुङ्ग, गंगाधार गौतम, हरिहर अर्याल, मिन बहादुर जिशी, विदुर खत्री, ओम बहादुर क्षेत्री, सुरज केसी, ज्ञानेन्द्र रेग्मी, सुनिल शाह, चिरन शर्मा, दीलिप गुरुङ्ग, शिवजी श्रेष्ठ, टिबी कार्की लगायतले संस्थाको आर्थिक प्रसाशन सुधारको लागि सुझाव राखेका थिए ।

अधिवेशनमा प्रतिनिधीहरुले राखेका जिज्ञासाको उत्तर कोषाध्यक्ष महेश कुमार श्रेष्ठले दिएका थिए ।

उपाध्यक्ष सोनाम लामा, सहकोषाध्यक्ष लोकमणी ढकाल लगायतका पदाधिकारीले बोलेको अधिवेशनको संचालनको महासचिव डा. हेम राज शर्माले गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले