७ चैत्र २०८२, शनिबार | March 21, 2026

‘माउन्ट केटु’को कीर्तिमानी सफल आरोहीहरु स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत



काठमाडौं । हिउँदे सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’को सफल आरोहण गरेको नेपाली आरोहण टोली स्वदेश फर्किएको छ ।

नेपालका १० जना आरोहीले पाकिस्तानमा रहेको माउन्ट केटुको हिउँदे सिजनमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका थिए । यसअघि हिउँदमा कुनै पनि आरोहण टोलीले ८ हजार ६ सय ११ मिटर उचाइको ‘माउन्ट केटु’को आरोहण गर्न सकेका थिएनन् ।

निर्मल पुर्जासहित मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले यही माघ ३ गते टिम स्प्रिटका साथ एक्कैपटक आरोहण गरेका थिए ।

मिङ्मा जी शेर्पाले त विना अक्सिजन आरोहण गरेका थिए। तीन वटा समूहमा विभाजित आरोहीहरु शिखरमा पुग्ने बेला १०० मिटर तलबाट एकसाथ पुगेका थिए । यसअघि आरोहीहरु शिखरमा पुग्ने बेलामा एक्लाएक्लै पुगेर व्यक्तिगत रेकर्ड राख्नेगरेका थिए ।

मंगलबार बिहान स्वदेश फर्किएको सो टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमानस्थलमा टानका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।

माउन्ट केटुको सफल र ऐतिहासिक आरोहरण सफल गरेकोमा पाकिस्तानले नेपाली आरोहीलाई इस्लामावादमा भव्य स्वागत गरेको थियो ।

पाकिस्तानका राष्ट्रपति अरिफ आल्भिले राष्ट्रपति कार्यालयमै नेपाली आरोहीलाई भेट गरेका थिए भने पाकिस्तनी प्रधानमन्त्री इमरान खान र पाकिस्तानी सेना प्रमुखले बधाई दिएका थिए । राष्ट्रपति आल्भिले नेपाली आरोहीको भ्रमणले पाकिस्तानको सफ्ट कुटनीति र पर्यटनलाई प्रवद्र्धन गर्ने जनाएका थिए ।

नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपछि आरोहणमा केही चुनौती थपिएको थियो । विभिन्न कठिनाइबीच आरोहीले शिखरयात्रा पार गरी नेपालीको शानलाई विश्वभर पुर्याउन सफल भए ।

विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ । विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।

जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ । विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

निर्मलको यो दोस्रो कीर्तिमान हो । उनले सन् २०१९ मा छ महिनाभित्रै विश्वका आठ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रूपमा कार्यरत रहँदा पुर्जाले ब्रिटिश सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन् । पुर्जालाई गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषितको घोषणासमेत गरिएको थियो ।

 

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ११ : २३ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा