१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पाल्पाको हुमिनमा ग्लोबल आइएमईको नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात



काठमाडौ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ ।

बैंकले पाल्पाको रम्भा गाउँपालिका वडा नं. ४, हुमिन(ग्याङ्गसिंगपोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बि.क.ले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC /NCELL/DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : २२ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म