७ चैत्र २०८२, शनिबार | March 21, 2026

संसद विघटनलाई अदालतले सदर गरे केपी ओलीबाट अदालतमाथि नै प्रहार सुरु हुनेछ : घनश्याम भुसाल



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनलाई सर्वोच्च अदालतले सदर गरे ओलीले स्वतन्त्र अदालतमाथि नै प्रहार सुरु गर्ने बताएका छन् ।

रुपन्देहीमा संचालित मिडियाका सम्पादक, लेखक तथा बुद्धिजिवीहरुसँगको अन्तक्रियामा बोल्दै नेता भुसालले अदालतको काम संविधानको रक्षा गर्ने तथा कार्यपालिका र व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने भएको बताए ।

नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले नेकपाले आन्दोलन गरेको दाबी गर्दै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदिन भन्ने अधिकार संविधानले कसैलाई नदिएको बताए । भुसालले संसद ब्युँतिए फेरि अर्को केपी ओली नजन्मने ठोकुवा गर्दै संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको खुलासा गरे ।

उनले तत्कालिन एमालेमा निश्चित समयावधिमा राजनीतिबाट बिश्राम लिने नीति बनाइए पनि दुई पार्टीको एकताका क्रममा त्यो कार्यान्वयन हुन नसकेको उल्लेख गरे । नेता भुसालले एमालेको नवौं महाधिवेशनले विचार एउटाको पास गरेर नेता अर्को निर्वाचित गर्दा अहिलेको दुर्घटना भएको बताए ।

उनले नेकपामा दलाल पूँजीपतिपहरु प्रवेश गरेको पार्टीले मनन् गरेको स्वीकार गर्दै तिनीहरुलाई लोकतान्त्रिक विधिबाट व्यवस्थापन गरिने प्रतिवद्धता ब्यक्त गरे । उनले पार्टीमा धेरै कमिकमजोरी रहेको स्वीकार गर्दै ती सबैकमजोरी सुधार गर्दै लगिने सम्पादक तथा लेखकहरुका माझ प्रण समेत गरे ।

कार्यक्रममा पत्रकार तथा विश्लेषकहरुले ओली नेकपा र प्रचण्ड-नेपाल नेकपामा भिन्नता नदेखिएको, कार्यकर्ताहरुसँग दुरी बढेको, जनतामा निरासा रहेको तथा नेताहरुमा सामान्ती प्रवृति देखिएको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ४३ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा