१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

एन आई सी एशियाको डेबिट कार्ड लिन अनलाईनबाटै आवेदन दिन सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले डेबिट कार्ड लिन  अनलाईनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशियाले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको सुविधा ल्याएको हो । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

ग्राहकहरूलाई कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

उक्त iServe भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले Instant Card वा Name Embossed Card तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।

यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस (SMS) मार्फत चभाभचभलअभ कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

उक्त reference कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गर्नुभएको डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । त्यसैले डिजिटल युगको बेलामा जतिसक्दो सहज सेवाका लागि बैंकले ल्याएको यस सुविधाको भरपुर लाभ उठाउन बैंकले सम्बन्धित ग्राहकहरुलाई आव्हान गरेको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ६ : ५५ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे