१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उत्सव तोरीको तेल उपभोग नगर्न बाजुरा प्रशासनको निर्देशन



बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले  राज श्री ईण्डष्ट्रिज प्राली राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्री बितरण तथा उपभोग गर्न रोक लगाएको छ ।

राज श्री ईण्डष्ट्रिज प्राली राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्री वितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले एक सुचनामार्फत आग्रह गरेको हो ।

उत्सव ब्राण्डको खाने तोरीको तेलको गुणस्तरमा सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरीक्षणको क्रममा समेत कैफियत महसुस भएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।

गुणस्तर परीक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली पठाएको पनि सहायक प्रजिअ भण्डारीले जानकारी दिए ।

तेलको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्मका उत्सव ब्राण्डको तोरीको तेल आयात बिक्री वितरण तथा उपभोग नगर्न सार्वजनिक सुचनामार्फत जिल्लाबासीलाई जानकारी गराएको बताए ।

परीक्षणका लागि पठाएको प्रतिवेदन नआउन्जेल उत्सव ब्राण्डको तोरीको खाने तेल बिक्री बितरण तथा उपभोग नगर्न समेत प्रशासनले बिक्रेताहरुलाई अनुरोध गरिएको छ ।

बिक्री वितरण गरेको पाइएमा जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : १० बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७