७ चैत्र २०८२, शनिबार | March 21, 2026

उत्सव तोरीको तेल उपभोग नगर्न बाजुरा प्रशासनको निर्देशन



बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले  राज श्री ईण्डष्ट्रिज प्राली राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्री बितरण तथा उपभोग गर्न रोक लगाएको छ ।

राज श्री ईण्डष्ट्रिज प्राली राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्री वितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले एक सुचनामार्फत आग्रह गरेको हो ।

उत्सव ब्राण्डको खाने तोरीको तेलको गुणस्तरमा सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरीक्षणको क्रममा समेत कैफियत महसुस भएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।

गुणस्तर परीक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली पठाएको पनि सहायक प्रजिअ भण्डारीले जानकारी दिए ।

तेलको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्मका उत्सव ब्राण्डको तोरीको तेल आयात बिक्री वितरण तथा उपभोग नगर्न सार्वजनिक सुचनामार्फत जिल्लाबासीलाई जानकारी गराएको बताए ।

परीक्षणका लागि पठाएको प्रतिवेदन नआउन्जेल उत्सव ब्राण्डको तोरीको खाने तेल बिक्री बितरण तथा उपभोग नगर्न समेत प्रशासनले बिक्रेताहरुलाई अनुरोध गरिएको छ ।

बिक्री वितरण गरेको पाइएमा जो सुकैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : १० बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका