१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अमृत सिंहका हत्यारालाई कारवाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा प्रदर्शन



बझाङ । बझाङको छबीस पाथीभेरा गाउँपालिका निवासी अमृत सिंहका हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शनकारीहरुले हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरुले नाराजुलुससँगै सदरमुकामभित्र चल्ने यातायातका साधन पनि बन्द गराएका छन् ।

मंगलबार दिउँसो बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ साढे ७ बजेतिर खुँडा प्रहारको काँग्रेसले आरोप लगाएको छ ।

प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ५२ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को