२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

अमृत सिंहका हत्यारालाई कारवाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा प्रदर्शन



बझाङ । बझाङको छबीस पाथीभेरा गाउँपालिका निवासी अमृत सिंहका हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र तरुण दल बझाङले घटनाको विरोध गर्दै प्रर्दशन गरेका हुन ।

जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शनकारीहरुले हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरुले नाराजुलुससँगै सदरमुकामभित्र चल्ने यातायातका साधन पनि बन्द गराएका छन् ।

मंगलबार दिउँसो बान्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ साढे ७ बजेतिर खुँडा प्रहारको काँग्रेसले आरोप लगाएको छ ।

प्रदर्शनकारीहरुले नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित रुपमा सिंहको हत्या गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ५२ बजे

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको