२२ बैशाख २०८१, शनिबार | May 4, 2024

लुम्बिनी प्रदेशका अटोमोबाइल्स ब्यवसायीहरु संगठित हुँदै



बुटवल । लुम्बिनी प्रदेशमा छरिएर रहेका अटो मोबाईल्स ब्यवसायीहरु एकताबद्ध हुने भएका छन् । प्रदेशभरी छरिएर रहेका ब्यवसायीहरुको हकहित र ब्यवसाय संरक्षणका लागि भन्दै उनीहरु एकताबद्ध हुन लागेका हुन् ।

कोरोना महामारी अगाडी नै तदर्थ समिति बनाएका लुम्बिनी अटो मोबाईल्स एशोसियसन अफ नेपालले प्रदेशभरीका अटो मोबाईल्स ब्यवसायीलाई समेटेर माघ १७ गते पहिलो साधारण सभा तथा अबिधेशन गर्ने भएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशभरिको प्रतिनिधित्वसहित अटोमोबाइल्स एशोसियनको अधिवेसनको तयारी पुरा भएको तदर्थ समितिका संयोजक गणेश प्रसाद भट्टराईले बताए । अटो मोबाईल्ससंग सम्बन्धित विभिन्न कम्पनी तथा ब्यवसायीहरुको हकहित र ब्यवसाय संरक्षण र प्रवर्धन गर्ने मुख्य उद्येश्यसहित एशोसियसन स्थापना गरिएको अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए ।

दर्ताप्रक्रिया पुरा भएसंगै कोभिड –१९ को कारण संगठन बिस्तारको काम रोकिएको भन्दै उनले स्वस्थ्य मापदण्ड पुरा गरि कार्यक्रम गर्न लागिएको जानकारी दिए । माघ १६ गते ब्यवसायीहरुलाई भिसिटिएस तालिम र १७ गते साधारण सभा तथा अधिवेसन गरिने उनले बताए ।

उनले ब्यवसायीहरुको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धतासमेत जनाए । अधिवेशनमा अटोमोबाईल्ससंग सम्बन्धित विभिन्न प्रकारका कर भिसिटिएस भन्सार सम्बन्धित समस्यालाई सम्बोधन हुने गरि तालिम सेमिनार तथा अटो प्रदर्शन गरिने उनले बताए ।

देशमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र बिस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ ईन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका बस्तुहरु ब्याट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाईल्स स्पेयर पार्टसको आयत एवंम उत्पादन सम्बन्धि ब्यवसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मसात गर्दै राष्ट्रिय अर्थतन्त्र योगदान पुर्याउने एशोसियसनको उद्देश्य रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एशोसियसनका महासचिव रोशन पाण्डेले सामानको बिक्री गर्दा बिल हुने तर एउटा सवारी खराब भए त्यस अवस्थामा प्रयोग हुने सामग्रीहरु बारे भिसिटिएसमा उल्लेख नहुदा समस्या हुने गरेको बताए ।

यसैगरि अण्डर बिलिङको समेत समस्यालाई विभिन्न ब्यवसायीक संघसंस्थाहरुबाट समन्वय गरि समाधान तर्फ अघि बढेको उनले बताए ।

दाङ, नेपालगंज, नवलपरासी, कपिलस्तु, पाल्पा लगायत स्थानहरुमा समेत संगठन विस्तार गर्ने गरि काम अघि बढेको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही यातायात कार्यालयको तथ्याक अनुसार हालसम्म नीजि र सरकारी मोटरसाईकलको संख्या ६ लाख ५९ हजार १ सय १, ठुला तथा मझौलाको संख्या १ लाख २ हजार १ सय ६८ रहेको छ । गतवर्षको तथ्याक अनुसार यातायात क्षेत्रबाट मात्र १ अर्ब १५ करोड, ८८ लाख ३१ हजार ३ सय ९६ रुपैया राजश्व संकलन भएको देखिन्छ । बढ्दो सवारी चापलाई मध्यनजर गरि वातावरणमा हुने प्रदुषण न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्न जरुरी रहेको उनले बताए ।

तदर्थ समितिमा वरिष्ठ उपाध्यक्षमा सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव रामु बेल्बासे, सदस्यहरु राधाकृष्ण देउला, प्रवेश भट्टराई, चिन्तामणी पाण्डे रहेका छन । नेपाल अटो डिलर एशोसियसन अफ नेपाल (नाडा) को संस्थागत सदस्य समेत रहेको छ । अटोमोबाईलमा हाल ५० जना सदस्यहरु आवद्ध छन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ०६ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको