१६ असार २०८३, मंगलबार | June 30, 2026

माघ २८ को प्रदर्शनलाई अहिलेसम्मकै ‘विशाल’ बनाउने प्रचण्ड-नेपाल नेकपाको तयारी




काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ २८ गते हुनलागेको जनप्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने तयारी गरेको छ ।

नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले २८ गते काठमाडौंमा गर्ने प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको हो ।

बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको निस्कर्ष निकाल्दै यसलाई अझ उचाइमा पुर्याउनेमा जोड दिएको छ । बैठकले जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना समेत बनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे । अध्यक्षद्वय प्रचण्ड र नेपालले अहिलेसम्मको आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिएको केन्द्रीय सदस्य विष्णु रिजालले बताएकाछन् ।

आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने उनीरुले बताएको रिजालले बताए ।

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिएका छन् ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ११ : ०८ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै