१ पुस २०८२, मंगलबार | December 17, 2025

श्री ३ महाराज बन्ने केपी ओलीको सपना चकनाचुर पार्नेछौं : प्रचण्ड



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराज बन्न चाहनेहरुलाई धरासायी पार्ने बताएका छन् ।

प्रचण्ड–नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई अध्यक्षले प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए ।

ओलीले संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप लगाए । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने हुनेछ’, प्रचण्डले भने, श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।

प्रचण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।

प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको बताउँदै आफुले अदालतप्रति कुनै शंका गर्न नचाहेको बताए । तर, उनले सबैभन्दा ठूलो अदालत जनता र जनअदालत रहेको जिकिर गर्दै जनताले नै अन्तिम फैसल गर्ने बताए ।

सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई जनताले हराएर छाड्ने दाबी गरे ।

ओलीमा निरंकुशताको प्रेत जागेको आरोप लगाउँदै भुसालले एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भन्दै आएको हुँदा आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ३ : ४० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष