६ श्रावण २०८३, बुधबार | July 22, 2026

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ वीच सम्झौता, बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई कर्जा सहयोग गर्ने



काठमाडौ । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FWEAN) वीच सम्झौता भएको छ । गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम (SME) कर्जा प्रदान गर्न बैंक र महासंघ बीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट एम.एस ई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र महासंघको तर्फबाट रिता सिम्हाले हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ ।

यसका साथै ती उद्यमीहरुले (FWEAN)  बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल) ले भने “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ ।
हामीले(FWEAN) को सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ ।(FWEAN) का सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।”

त्यस्तै(FWEAN) की अध्यक्ष रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तीय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।”

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ०५ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९