२० मंसिर २०८२, शनिबार | December 6, 2025

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ वीच सम्झौता, बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई कर्जा सहयोग गर्ने



काठमाडौ । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FWEAN) वीच सम्झौता भएको छ । गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम (SME) कर्जा प्रदान गर्न बैंक र महासंघ बीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट एम.एस ई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र महासंघको तर्फबाट रिता सिम्हाले हस्ताक्षर गरेका छन् ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ ।

यसका साथै ती उद्यमीहरुले (FWEAN)  बाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल) ले भने “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ ।
हामीले(FWEAN) को सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ ।(FWEAN) का सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।”

त्यस्तै(FWEAN) की अध्यक्ष रीता सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तीय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।”

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ०५ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ