७ चैत्र २०८२, शनिबार | March 21, 2026

ओली बिनाको नेकपा दलाल पुँजिवादको बिचौलिया सन्तानको पार्टी हुने छैन : घनश्याम भुसाल



बुटवल । नेकपा प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले केपी ओली निरंकुशताको प्रेत बनेर ब्युंझेर आएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य भुसालले प्रेतको रुपमा ओलीले संविधानको हत्या, अस्थिरता, अशान्ति, मुलुकको बर्बादीको बाटो रोजेको आरोप लगाए ।

ओलीले आफ्ना कर्तुतहरुलाई छोप्न सरकारलाई काम गर्न नदिएको भ्रम फैलाउंदै जनताका विरुद्ध षडयन्त्र गरेको भुसालले बताए । ‘राणाले सोधे कुन बाटो जहानीया शासनको बाटोकी जनताको अधिकारको बाटो, महेन्द्रले सोधे निरंकुशताको बाटोकी प्रजातन्त्रको बाटो, ज्ञानेन्द्रले सोधे तानाशाहीको बाटोकी लोकतन्त्रको बाटो अहिले ओलीले सोध्दै छन् ओलीको बाटोकी जनताको बाटो । जनताले सधैं न्याय, स्वतन्त्रता र लोकतन्त्रको बाटो रोजेका छन् ।’ भुसालले भने । ‘नेपालीहरुले नेपालको बाटो रोजे, अहिले ओलीले अहिले सोध्दैछन् ओलीको बाटोकी जनताको बाटो ?’

नेता भुसालले ओलीका हरेक कदमलाई हराउने उदघोष गर्दै ओलीलाई अदालत, सडक र जनता सबैस्थानबाट हराउने ठोकुवा गरे । उनले ओली बिनाको पार्टी दलाल पुजिंबादको बिचौलिया सन्तानहरुको पार्टी नबन्ने भन्दै अव बन्ने नेकपा दलाल पुजिपतिको बिचौलियाका सन्तानबाट मुक्त पार्टी बन्नु पर्ने बताए ।

‘पार्टी हिंड्नुपर्ने बाटो समृद्दिका बाटो थियो, विकासको बाटो थियो र समाजबादको बाटो अगाडी बढ्नु पर्ने थियो तर ओलीले पार्टीलाई छाडेर एक्लै हिंड्न खोज्नु भयो , पार्टीले लिएको बाटो छाडेर एक्लै अगाडी बढ्न खोज्दा नसकेपछि संसद विघटन गर्नु भयो ।’ भुसालले बताए । ओलीकै बाटो आफ्नो पार्टीले लिएको अवस्थामा जनताले आफ्नै पार्टीका विरुद्ध पनि आवाज उठाउन तयार हुनु पर्ने नेता भुसालको भनाई थियो ।

आफ्नै पार्टी भित्र १ तिहाई समर्थन ल्याउन नसक्ने ओलीले दुनियाका अगाडी दुई तिहाई ल्याउँछु भन्ने नाटक गरेको उल्लेख गर्दै ओलीको कदमलाई घुंडा टेकाएरै छाड्ने बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ५ : ३९ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका