२० बैशाख २०८३, आइतबार | May 3, 2026

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो दोश्रो त्रैमाससम्मको वित्तीय विवरण, बैंकको खुद नाफा १ अर्ब ७४ करोड



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंककले दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको बैंकले आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु समर्वजनिक गरेकोे हो ।

बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्ब ४७ करोड, लगानी रु. ७४ अर्ब ५८ करोड पुगेको छ ।

२०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु. १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३।९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ ।

२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ ।

आ.व.२०७७.७८ को दोश्रो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान पुरयाउनु हुने सम्पूर्ण निक्षेपकर्ता, ऋणी, नेपाल सरकार, शेयरधनीहरु, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ३ : ३५ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर