१६ असार २०८३, मंगलबार | June 30, 2026

न्याय माग्दा अदालतको अवहेलना हुने भए हामी सबैलाई मुद्दा लगाइयोस श्रीमान : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले न्याय माग्दा अदालतको अवहेलना नहुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेसले काठमाडौंको शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोधसभलाई सम्बोधन गर्दै थापाले न्याय माग्दा अदालतको अवहेलना हुनेभए आफुहरु सबैलाई मुद्दा लगाउन चेतावनी दिए । थापाले भने ‘न्यायको पक्षमा बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान् ।’

सरकारले संविधानमाथि घात गरेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउँदै थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेसीहरु कायर भएको टिप्पणी समेत गरे ।

आफुहरु बीपीको पार्टीका कार्यकर्ता भएको बताउँदै थापाले भने, ‘हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो ।’ थापाले थपे, ‘बीपीका कार्यकर्ता रामशाहपथ देखेर परपर भाग्न सक्दैनन् । रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं कसैले भन्छन् भने ती कायर हुन् ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्रै विघटन नगरेर संविधानकै विघटन गरेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेको आरोप लगाउँदै नेता थापाले संविधानलाई ट्याकमा फर्काउँदै व्यवस्था जोगाउनुपर्ने बताए ।

नेता थापाले संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको बताए । ‘प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने खरुक घर जाने, घर बस्न नगए, वन जाने । त्यो भन्दा अर्को बाटो संविधानमा छैन’, थापाले स्पष्ट पारे ।

कांग्रेसले अहिले चुनावको हिसावको कुरा गरेर बस्न नहुने भन्दै थापाले व्यवस्था बचाउन सके मात्र पछि हुने चुनावमा कांग्रेसले जित्ने विश्वास व्यक्त गरे ।

 

 

 

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै