१ पुस २०८२, मंगलबार | December 16, 2025

न्याय माग्दा अदालतको अवहेलना हुने भए हामी सबैलाई मुद्दा लगाइयोस श्रीमान : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले न्याय माग्दा अदालतको अवहेलना नहुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेसले काठमाडौंको शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोधसभलाई सम्बोधन गर्दै थापाले न्याय माग्दा अदालतको अवहेलना हुनेभए आफुहरु सबैलाई मुद्दा लगाउन चेतावनी दिए । थापाले भने ‘न्यायको पक्षमा बोल्दा अपहेलना हुने भए हामी सबैलाई अपहेलना मुद्दा लगाइयोस् श्रीमान् ।’

सरकारले संविधानमाथि घात गरेकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताउँदै थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेसीहरु कायर भएको टिप्पणी समेत गरे ।

आफुहरु बीपीको पार्टीका कार्यकर्ता भएको बताउँदै थापाले भने, ‘हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो ।’ थापाले थपे, ‘बीपीका कार्यकर्ता रामशाहपथ देखेर परपर भाग्न सक्दैनन् । रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं कसैले भन्छन् भने ती कायर हुन् ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा मात्रै विघटन नगरेर संविधानकै विघटन गरेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले राजाहरूले जस्तै जनताको अधिकार खोसेको आरोप लगाउँदै नेता थापाले संविधानलाई ट्याकमा फर्काउँदै व्यवस्था जोगाउनुपर्ने बताए ।

नेता थापाले संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको बताए । ‘प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भने खरुक घर जाने, घर बस्न नगए, वन जाने । त्यो भन्दा अर्को बाटो संविधानमा छैन’, थापाले स्पष्ट पारे ।

कांग्रेसले अहिले चुनावको हिसावको कुरा गरेर बस्न नहुने भन्दै थापाले व्यवस्था बचाउन सके मात्र पछि हुने चुनावमा कांग्रेसले जित्ने विश्वास व्यक्त गरे ।

 

 

 

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ५ : २० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा