२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता : विपेशको ५५६ अंक



काठमाडौं । नेपालका विपेश खड्काले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका छन् ।

एसियाली सुटिङ महासंघको तत्वावधान तथा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा बद्रुउद्दिन अन्सारीले ५४५ तथा सुखदेव चौधरीले ५४२ अंक जोडे ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको महिला १० मिटर एयर पेस्तोलमा कृष्णा थापाले ५५५ तथा सरिता बस्नेतले ५३७ अंक जोडे । प्रतियोगिताअन्तर्गत शनिबार १० मिटर एयर राइफलतर्फ प्रतिस्पर्धा हुने छ ।

खेलाडीले प्राप्त गरेको अंकलाई कुवेतमा पठाइने र त्यहाँबाट आइतबार सहभागी सबै राष्ट्रका खेलाडीको नतिजा प्रकाशित गरिने नेपाल सुटिङ संघले जनाएको छ ।

दुईदिने प्रतियोगितामा २२ राष्ट्र सहभागी छन् । नेपालबाट ६ पुरुष र ५ महिला गरी ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ८ : ४७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय