१६ असार २०८३, मंगलबार | June 30, 2026

ओलीको तानाशाहीलाई जनताले परास्त गरेरै छाड्छन् : प्रचण्ड



धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको तानाशाहीलाई परास्त गरेरै छाड्ने दाबी गरेका छन् ।

नेकपाको प्रचण्ड नेपाल पक्षले धनगढीमा शनिबार आयोजना गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानलाई कुल्चिएर देखाएको तानाशाहीलाई जनताले परास्त गर्ने दाबी गरेका हुन् ।

जनताको सार्वभौम अधिकार कुल्चेर तानशाही बनेका ओलीले देशमा प्रतिगमन गरेको बताउँदै प्रचण्डले प्रतिगमनको यात्रालाई जनताले सडकबाटै परास्त गर्ने चेतावनी दिए ।

ओलीले सेटिङमा चालेको कदमलाई जनताको सेटिङले भत्काउने दाबी गर्दै प्रचण्डले भने, ‘ओलीले संविधान मात्र कुल्चिएको होइन। नेपाली जनताको सार्वभौम अधिकारमाथि कुल्चिएका छन्। कुनै पनि हालतमा यसलाई सफल हुन दिइने छैन ।’

प्रचण्डले संसद विघटन नभएर केपी ओलीको सरकार विघटन भएको बताउँदै सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अदालतमा यो मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गर्थ्यौं, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन् ।’

प्रचण्डले ओली पार्टीमा एक तिहाईमा खुम्चिएको बताउँदै सडकमा समेत ओली एक तिहाईमा खुम्चिएको दाबी गरे ।

सुदुरपश्चिममा सभा गरेर घमण्ड गर्दै हिँडे पनि ओलीको घमण्डलाई आजको जनसभाले चकनाचुर बनाइदिएको उनले बताए । बुटवल, विराटनगर र धनगढीको सभाले ओलीलाई फुच्चे सावित गरेको उनले दाबी गरे ।

‘सुदूरपश्चिम प्रदेशमा सभा गरेपछि ओली अलि बढी घमण्डी बनेर फुर्कँदै हिँड्नु भएको थियो’, प्रचण्डले भने ‘आजको तपाईंहरुको यो उपस्थितिले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको छ, तपाईंहरुले सडकमा पनि ओली एकतिहाइ मात्रै हो भन्ने पुष्टि गरिदिनु भयो।’

उनले नेकपा फुटेको नभै केपी ओली चोइटिएको बताए ।

 

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ३ : ५८ बजे

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा