१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता : सुस्मिताको ६१९ स्कोर



काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६१९ अंक जोडेकी छन् । उक्त स्पर्धामा ३ नेपाली महिला खेलाडी सहभागी थिए ।

एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१।३ अंक बटुले ।

उक्त स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ५९०।८, अर्नव घिमिरेले ५६८।९ र कुमार कार्कीले ५६४।३ अंक जोडेका छन् । यो स्पर्धामा पनि ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष÷महिलाको राइफलतर्फ ६५४ पूर्णाङ्क थियो ।

शुक्रबार भएको पुरुष÷महिला १० मिटर एयर पेस्तोलको समग्र नतिजा आयोजकले प्रकाशित गरेको छ । पुरुषमा नेपालका विपेश खड्का ३८ औं, बद्रुउद्दिन अन्सारी ४३ औं तथा सुखदेव थारु चौधरी ४४ औं स्थानमा रहे । ४७ खेलाडी सहभागी उक्त स्पर्धामा भारतका सौरभ चौधरी पहिलो, इरानका फोरुघी जाभद दोश्रो तथा भारतका सरोबजित सिंह तेश्रो भए ।

महिलामा नेपालका कृष्णा थापाले २७ औं तथा सरिता बस्नेतले ३८ औं स्थान हासिल गरे । समग्रमा ४५ खेलाडीले भाग लिएका थिए । इरानकी हनीयेह रोस्तामियान, इरानकै गोल्नोस सेबातोल्लाही र भारतकी भकर मानु क्रमशः शीर्ष तीन स्थानमा रहे । एयर राइफलको समग्र नतिजा आइतबार थाहा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ८ : १४ बजे

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)