१९ बैशाख २०८१, बुधबार | May 2, 2024

मुलुकमा अस्थिरता हुँदा आर्थिक अवस्था कमजोर हुन्छ : प्रदेश उद्योगमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कोरोना कहर हटेरपछि मुलुकको आर्थिक गतिविधि अगाडि बढ्ने बताएका छन् ।

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनको रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै मन्त्री गिरीले आर्थिक गतिविधि चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले मुलुकमा स्थिरता हुँदा मुलुकको आर्थिक अवस्था जसरी मजबुत हुन्छ अस्थिरता हुँदा त्यो अवस्था नरहने बताए ।

मन्त्री गिरीले निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न तयार रहेको बताउँदै औद्योगिक करिडोरको विकास गर्ने, नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने प्रदेश सरकारले लक्ष्य लिएको जानकारी दिए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले राजनीतिक अस्थिरताले व्यवसाय अझै प्रभावित हुनसक्ने बताउंदै व्यवसायको विकास हुन अस्थिरताले छिटो निकास पाउन आवश्यक रहेको बताए ।

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल कसजू, नेपाल अटो मेकानिक ट्रेड युनियनका अध्यक्ष जीवन अधिकारी,पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का लगायतले बोलेका थिए । कार्यक्रममा दुइजना ट्रापिक प्रहरीलाइ सम्मान गरिएको थियो ।

यस अघिआजै सम्पन्न लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम अधिवेशनले अध्यक्षमा गणेशप्रसाद भट्टराई सर्वसम्मत निर्वाचित गरेको थियो । शनिबार बुटवलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

एसोसिएसनको प्रथम उपाध्यक्षमा सन्तोष पाण्डे, संस्थागत उपाध्यक्षमा डम्बर शाहु, उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा रोशन पाण्डे, सचिवमा रामप्रसाद बेल्वासे, कोषाध्यक्षमा कृष्ण भण्डारी र सहकोषाध्यक्षमा रविनसन श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा प्रवेश भट्टराई, नारायणप्रसाद पौडेल, रमेश श्रेष्ठ, धीरेन्द्रकुमार श्रेष्ठ, चिन्तामणि पाण्डे, तिलक पाण्डे, भुपाल राउत, राधाकृष्ण देउला र विकास पौडेल निर्वाचित भएको निर्वाचित समितिका संयोजक गोपाल प्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ५३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी