७ चैत्र २०८२, शनिबार | March 21, 2026

मुलुकमा अस्थिरता हुँदा आर्थिक अवस्था कमजोर हुन्छ : प्रदेश उद्योगमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कोरोना कहर हटेरपछि मुलुकको आर्थिक गतिविधि अगाडि बढ्ने बताएका छन् ।

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनको रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै मन्त्री गिरीले आर्थिक गतिविधि चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताए । उनले मुलुकमा स्थिरता हुँदा मुलुकको आर्थिक अवस्था जसरी मजबुत हुन्छ अस्थिरता हुँदा त्यो अवस्था नरहने बताए ।

मन्त्री गिरीले निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न तयार रहेको बताउँदै औद्योगिक करिडोरको विकास गर्ने, नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने प्रदेश सरकारले लक्ष्य लिएको जानकारी दिए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले राजनीतिक अस्थिरताले व्यवसाय अझै प्रभावित हुनसक्ने बताउंदै व्यवसायको विकास हुन अस्थिरताले छिटो निकास पाउन आवश्यक रहेको बताए ।

लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल कसजू, नेपाल अटो मेकानिक ट्रेड युनियनका अध्यक्ष जीवन अधिकारी,पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का लगायतले बोलेका थिए । कार्यक्रममा दुइजना ट्रापिक प्रहरीलाइ सम्मान गरिएको थियो ।

यस अघिआजै सम्पन्न लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम अधिवेशनले अध्यक्षमा गणेशप्रसाद भट्टराई सर्वसम्मत निर्वाचित गरेको थियो । शनिबार बुटवलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

एसोसिएसनको प्रथम उपाध्यक्षमा सन्तोष पाण्डे, संस्थागत उपाध्यक्षमा डम्बर शाहु, उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा रोशन पाण्डे, सचिवमा रामप्रसाद बेल्वासे, कोषाध्यक्षमा कृष्ण भण्डारी र सहकोषाध्यक्षमा रविनसन श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा प्रवेश भट्टराई, नारायणप्रसाद पौडेल, रमेश श्रेष्ठ, धीरेन्द्रकुमार श्रेष्ठ, चिन्तामणि पाण्डे, तिलक पाण्डे, भुपाल राउत, राधाकृष्ण देउला र विकास पौडेल निर्वाचित भएको निर्वाचित समितिका संयोजक गोपाल प्रसाद पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ९ : ५३ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका