८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रचण्ड र नेपाल बसे माइतीघरमा धर्ना



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार काठमाडौंको माइतीघरमा आयोजित धर्नामा सहभागी भएका छन् ।

सरकार विरुद्ध भैरहेको निरन्तरको देशव्यापी प्रदर्शन र सभामा उपस्थित हुँदै आएका अध्यक्षद्वय प्रचण्ड र नेपाल माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सहभागी भएका हुन् ।

धर्नामा सरकारले विघटन गरेको प्रतिनिधिसभाका सांसदहरु, संविधान सभा सदस्यहरु तथा प्रदेश सभा सदस्यहरू सहभागी भएका छन् । धर्नामा अध्यक्षद्वय लगायत प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, लगायतका नेताहरु सभागी छन् ।

धर्नामा सहभागी सांसदहरुले सरकारले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्यचउन दबाबका लागि धर्नामा बसेको बताएका छन् ।

नेकपाको तेस्रो चरणको आन्दोलनअन्तर्गत संविधानसभाका सभासदहरु र पूर्व सांसदहरु माघ १४ गतेदेखि धर्नामा सहभागी भैरहेका छन् । बुधबारदेखि जारी धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घन्टासम्म बस्ने नेकपाले बताएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपा गत पुष ५ गतेदेखि नै आन्दोलनमा रहँदै आएको छ ।

नेकपाले शनिबार धनगढीमा, शुक्रबार विराटनगरमा र बिहीबार बुटवलमा विशाल प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ । यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने नेकपाले दाबी गरेको छ ।

 

 

 

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ३९ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको