७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड र नेपाल बसे माइतीघरमा धर्ना



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार काठमाडौंको माइतीघरमा आयोजित धर्नामा सहभागी भएका छन् ।

सरकार विरुद्ध भैरहेको निरन्तरको देशव्यापी प्रदर्शन र सभामा उपस्थित हुँदै आएका अध्यक्षद्वय प्रचण्ड र नेपाल माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सहभागी भएका हुन् ।

धर्नामा सरकारले विघटन गरेको प्रतिनिधिसभाका सांसदहरु, संविधान सभा सदस्यहरु तथा प्रदेश सभा सदस्यहरू सहभागी भएका छन् । धर्नामा अध्यक्षद्वय लगायत प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, लगायतका नेताहरु सभागी छन् ।

धर्नामा सहभागी सांसदहरुले सरकारले असंवैधानिक रूपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्यचउन दबाबका लागि धर्नामा बसेको बताएका छन् ।

नेकपाको तेस्रो चरणको आन्दोलनअन्तर्गत संविधानसभाका सभासदहरु र पूर्व सांसदहरु माघ १४ गतेदेखि धर्नामा सहभागी भैरहेका छन् । बुधबारदेखि जारी धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घन्टासम्म बस्ने नेकपाले बताएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड नेपाल नेतृत्वको नेकपा गत पुष ५ गतेदेखि नै आन्दोलनमा रहँदै आएको छ ।

नेकपाले शनिबार धनगढीमा, शुक्रबार विराटनगरमा र बिहीबार बुटवलमा विशाल प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ । यही माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने नेकपाले दाबी गरेको छ ।

 

 

 

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ३९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११