६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिनाउ मिसन डेभलपमेण्ट बैंकको नयाँ शाखा नवलपरासीको कावासोती र धारापानीमा



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो ५६ र ५७ औं शाखा संचालनमा ल्याएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले नवलपरासी पुर्वको कावासोती नगरपालिका वडा नं. २,थानाचोक र देवचुली नगरपालिका वडा नं. ११, धारापानीमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाकार्यालय कावासोतीमा बैंकका संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा एवं कावासोती नगरपालिकाका नगर प्रमुख चन्दाकुमारी पुनले संयुक्त रुपमा तथा शाखा कार्यालय धारापानीमा अध्यक्ष ओझाले शाखाको उदघाटन गरेका थिए ।

शाखा उद्घाटनको अवसरमा बैंकले कावासोतीमा रहेका श्री शिव माध्यमिक विद्यालय र श्री नवदुर्गा आभारभूत विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरु र धारापानीमा रहेको श्री दिव्यज्योती आधारभूत विद्यालय र श्री जन ज्योति नमूना माध्यमिक विद्यालयका ४-४ जना छात्र तथा छात्राहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरिएकोे थियो ।

१७ अर्व ७१ करोड निक्षेप संकलन गरी १३ अर्व ४४ करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटिमबाट सेवा दिईरहेको बैंकका कार्यकारी अधिकृत प्रदिपकुमार थैवले जानकारी दिए ।

तिनाउ मिसन बैंकलाई सिटिजन्स बैंक ईन्टरनेसनलले गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भईसकेपनि राष्ट्रबैंकको स्विकृति नआएका कारण घोषणा हुन बाँकी छ । विकास बैंकको गत माघ १५ गते सम्पन्न साधारण सभाबाट सिटिजन्स बैंक ईन्टरनेसनलमा गाभिने सम्वन्धी विषेश प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने थैवले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : १७ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा