२५ कार्तिक २०८२, मंगलबार | November 11, 2025

तिनाउ मिसन डेभलपमेण्ट बैंकको नयाँ शाखा नवलपरासीको कावासोती र धारापानीमा



बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले आप्mनो ५६ र ५७ औं शाखा संचालनमा ल्याएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले नवलपरासी पुर्वको कावासोती नगरपालिका वडा नं. २,थानाचोक र देवचुली नगरपालिका वडा नं. ११, धारापानीमा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाकार्यालय कावासोतीमा बैंकका संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा एवं कावासोती नगरपालिकाका नगर प्रमुख चन्दाकुमारी पुनले संयुक्त रुपमा तथा शाखा कार्यालय धारापानीमा अध्यक्ष ओझाले शाखाको उदघाटन गरेका थिए ।

शाखा उद्घाटनको अवसरमा बैंकले कावासोतीमा रहेका श्री शिव माध्यमिक विद्यालय र श्री नवदुर्गा आभारभूत विद्यालयका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरु र धारापानीमा रहेको श्री दिव्यज्योती आधारभूत विद्यालय र श्री जन ज्योति नमूना माध्यमिक विद्यालयका ४-४ जना छात्र तथा छात्राहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरिएकोे थियो ।

१७ अर्व ७१ करोड निक्षेप संकलन गरी १३ अर्व ४४ करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटिमबाट सेवा दिईरहेको बैंकका कार्यकारी अधिकृत प्रदिपकुमार थैवले जानकारी दिए ।

तिनाउ मिसन बैंकलाई सिटिजन्स बैंक ईन्टरनेसनलले गाभ्नको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भईसकेपनि राष्ट्रबैंकको स्विकृति नआएका कारण घोषणा हुन बाँकी छ । विकास बैंकको गत माघ १५ गते सम्पन्न साधारण सभाबाट सिटिजन्स बैंक ईन्टरनेसनलमा गाभिने सम्वन्धी विषेश प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुने थैवले बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : १७ बजे

कुलमान घिसिङको नाम जोडिएको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो अद्यावधिक विवरण

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची । सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ। आइएमई लिमिटेडले २०८२ कात्तिक २५ गते मंगलबार, काठमाण्डौंमा २५