२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु आठ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरी दिने भन्दै स्थानीयवासीबाट अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको छ ।

आयोगले बस्नेतलाई १५ हजार रुपैयाँ घुससहित गौशाला नगरपालिका–५ रामनगर महोत्तरीबाट सोमबार पक्राउ गरेको हो । आरोपी हवल्दार बस्नेतको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ०० बजे

मृग जोगाउने क्रममा पल्टिँदा ट्याङ्करमा आगलागी

जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको

ग्वार्को फ्लाइओभर बस दुर्घटना अपडेट : एक महिलाको मृत्यु, १९ जना घाइते 

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा