१ पुस २०८२, मंगलबार | December 16, 2025

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले आरोपीद्वयलाई बिगो बराबरको सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु आठ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरी दिने भन्दै स्थानीयवासीबाट अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको छ ।

आयोगले बस्नेतलाई १५ हजार रुपैयाँ घुससहित गौशाला नगरपालिका–५ रामनगर महोत्तरीबाट सोमबार पक्राउ गरेको हो । आरोपी हवल्दार बस्नेतको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष