४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौंमा एकाबिहानै अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षबाट आज आमहड्ताल आव्हान गरेको छ । संवैधानिक परिषद नियुक्तिका साथै सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सो समूहले आमहड्ताल आव्हान गरेको हो ।

आमहड्ताल आव्हान गरिएसँगै बिहानैदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुमा तोडफोड र आजगनी सुरु भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताए  आगलागीबाट पूर्ण रुपमा जलेका छन् । त्यस्तै काठमाडौंका विभिन्न स्थानमा ५ भन्दा बढी ट्याक्सी, बसमा तोडफोड भएको छ ।

प्रहरीका अनुसार, जवजर्जस्ती बन्द गराउन खोज्नेहरु ३५ जना पक्राउ परेका छन् । तरकारी बोक्ने, दुध बोक्ने गाडीहरु चलेका छन् । विहानैदेखि आमहड्तालकारीहरु सडकमा निस्कन खोजेका छन् । तर, बाक्लो संख्यामा सुरक्षाकर्मीको उपस्थिति छ ।

आमहड्तालका बेलामा पनि परीक्षाका लागि हिडेका विद्यार्थीहरुलाई भने सहजीकरण गरेर जान दिने नेकपाका नेता रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ६ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको