१६ असार २०८३, मंगलबार | June 30, 2026

बिहानैबाट प्रहरीसँग तनाव, काठमाडौमा नेतृ अष्टलक्ष्मी शाक्य सहित ४० बढी कार्यकर्ता पक्राउ



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले आह्वान गरेको आम हड्तालको देशैभर प्रभाव देखिएको छ । आम हड्ताल सफल बनाउन निस्केका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरु र प्रहरीका बीच बिहानै देखि ठाँउठाँउमा तनावको अवस्था सिर्जना भएको छ ।

आमहड्ताल प्रति कडाई गर्न गृहमन्त्रालयले दिएको निर्देशन कार्यान्वयन गर्दे प्रहरीले बिभिन्न स्थानबाट सरकार विरोधी प्रदर्शनमा निस्केका प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

काठमाडौंको कलंकीबाट नेकपाकी नेतृ बागमती प्रदेश प्रदेशसभामा प्रचण्ड-नेपाल पक्षकी संसदीयदलका नेता अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला उनी पक्राउ परेकी हुन् ।

प्रचण्ड-नेपाल पक्षले आज गरेको आमहड्तालका क्रममा कलंकी चोकतर्फ जाँदै गरेका नेता शाक्यलाई प्रहरीले गिरफ्तार गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

आमहड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बिहानैदेखि गाडी तोडफोड र आगजनी गरेका छन् । आमहड्तालको अवज्ञा गरेको भन्दै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा तोडफोड र आगजनी भएको हो । गोंगबूमा एउटा ट्याक्सी पूर्ण रुपमा जलाइएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्जनभन्दा बढी गाडी तोडफोड भएका छन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

हड्ताल सफल बनाउन हिँडेका नेकपाका ४० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेको सूचना प्राप्त भएका छन्।

प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादका बीच बुधबार संवैधानियक आयोगमा ‘जबर्जस्ती’ नियुक्ति गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आज ९बिहीबार० देशव्यापी आमहड्ताल गरेको हो।

ओली समूहमै रहेका गृहमन्त्री रामबहादुर थापाले आमहड्ता उल्लंघन गर्न हिजै प्रहरीलाई निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : ३९ बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा