२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बिहानैबाट प्रहरीसँग तनाव, काठमाडौमा नेतृ अष्टलक्ष्मी शाक्य सहित ४० बढी कार्यकर्ता पक्राउ



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले आह्वान गरेको आम हड्तालको देशैभर प्रभाव देखिएको छ । आम हड्ताल सफल बनाउन निस्केका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरु र प्रहरीका बीच बिहानै देखि ठाँउठाँउमा तनावको अवस्था सिर्जना भएको छ ।

आमहड्ताल प्रति कडाई गर्न गृहमन्त्रालयले दिएको निर्देशन कार्यान्वयन गर्दे प्रहरीले बिभिन्न स्थानबाट सरकार विरोधी प्रदर्शनमा निस्केका प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

काठमाडौंको कलंकीबाट नेकपाकी नेतृ बागमती प्रदेश प्रदेशसभामा प्रचण्ड-नेपाल पक्षकी संसदीयदलका नेता अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला उनी पक्राउ परेकी हुन् ।

प्रचण्ड-नेपाल पक्षले आज गरेको आमहड्तालका क्रममा कलंकी चोकतर्फ जाँदै गरेका नेता शाक्यलाई प्रहरीले गिरफ्तार गरेको नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

आमहड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले बिहानैदेखि गाडी तोडफोड र आगजनी गरेका छन् । आमहड्तालको अवज्ञा गरेको भन्दै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा तोडफोड र आगजनी भएको हो । गोंगबूमा एउटा ट्याक्सी पूर्ण रुपमा जलाइएका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्जनभन्दा बढी गाडी तोडफोड भएका छन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

हड्ताल सफल बनाउन हिँडेका नेकपाका ४० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेको सूचना प्राप्त भएका छन्।

प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादका बीच बुधबार संवैधानियक आयोगमा ‘जबर्जस्ती’ नियुक्ति गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आज ९बिहीबार० देशव्यापी आमहड्ताल गरेको हो।

ओली समूहमै रहेका गृहमन्त्री रामबहादुर थापाले आमहड्ता उल्लंघन गर्न हिजै प्रहरीलाई निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : ३९ बजे

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु