२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आम हड्ताल सफल बनाउन सडकमा उत्रिए प्रचण्ड (भिडियो सहित)



काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेपाल कमम्युनिष्ट पार्टी नेकपाले आज देशव्यापी आम हड्ताल आह्वान गरेको छ । हड्ताल सफल बनाउन ठूलो संख्यामा नेकपाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।

नेकपाले हड्ताल सफल बनाउन शिर्ष नेताहरुलाई नै कमाण्डर तोकेको छ । सातदोवाटो र कोटेश्वर क्षेत्रमा बन्द सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सडकम निस्किएका छन् ।

रत्नपार्क, बागबजार क्षेत्रमा पार्टी प्रवक्ता एवं केन्द्रीय संघर्ष समितिका संयोजनक नारायणकाजी श्रेष्ठले बन्दको अगुवाई गरेका छन् ।

काठमाडौंको कलंकीको नेतृत्वकर्ता स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य हितमान शाक्य, अमृता थापामगर लगायतका नेताहरु गिरफा्तार भएका छन् ।

हड्तालको क्रममा अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् ।

बन्दका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडप भएको छ भने कतिपय ठाउँमा सडकमा गुडिरहेका सवारी साधनमाथि तोडफोड समेत भएको छ । प्रहरीले अहिलेसम्म झण्डै एकसय जना नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

भिडियो सहित

 

 

ने

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ९ : ४० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको