१ पुस २०८२, मंगलबार | December 16, 2025

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, नेकपा नेता रामचन्द्र झा घाइते



जनकपुर । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा आयोजित आम हड्तालको क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपका क्रममा नेकपा नेता रामचन्द्र झा घाइते भएका छन् । टाउकोमा चोट लागेका झाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिएको छ । झासहित अन्य केही नेता घाइते भएको नेकपाले जनाएको छ ।

जनकपुरको शिव चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडी र ना १ क ५१२ नम्बरको प्रहरीको भ्यानमा तोडफोड गरेका छन्।

झडपलाई नियन्त्रणमा लिन पनि प्रहरीले लाठीचार्ज र केही सेल अश्रु‌ ग्यास पनि प्रहार गरेको थियो ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  २ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज