७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्ड-नेपाललाई ओलीको व्यङ्ग : आफु गाडीमा हिँड्ने, जनताको तरकारी फाल्दिने ! कम्युनिष्टको आन्दोलनको बदनाम भयो



काठमाडौं । आफैले आयोजना गरेको आम हड्तालमा आफु गाडी चढेर जनतालाई दुःख दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यङ्ग गरेका छन् ।

काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दुःख पाए भनेर तमासा हेर्न हिँडेको भन्द्र व्यङ्गात्मक आक्रोश पोखेका हुन् ।

ओलीले कोही गाडीमा र कोही मोटरसाइकलमा बसेर सडकमा जनतालाई दुःख दिँदै तमासा हेर्न हिँडेको आरोप लगाए । बन्दको नाममा आफु गाडीमा हिँड्ने गरिबको तरकारी फ्याँकिदिएर जनतालाई दुःख दिने काम भएको भन्दै ओलीले थपे , ‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारीता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफु गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो । अर्को गाडी चढ्न अलि भएन, आफैले बन्द गर्या गाडी नै त नचढुँ भनेर बाईक सम्म त हुन्छ भने रबाईक लिएर हिड्र्दै जनताले कति दुख पाए भनेर रमिता हेर्दै हिड्नु भो । कार्यकर्ता सिद्धिएछन् कार्यकर्ता यता छन् कहाँ बाट होस् त उता । कार्यकर्ता सिद्धिएछन् अनि आफै हामी यहाँ छौ भन्ने एउटा टास्यो । अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिईराखेको । उभिएको कस्तो ठाउँमा फेरी सातदोबाटोमा । साईनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् । आफै उत्रनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाडीमा र माधवकुमार नेपाल मोटरसाइकलमा चढेर उनीहरुद्वारा बिहीबार नै आयोजित आम हड्तालमा सडकमा सहभागी भएका थिए ।

ओलीले प्रचण्ड र नेपालसँग कार्यकर्ता सिद्धिएको दाबी समेत गरे । हड्तालमा केही कार्यकर्ता मात्र सडकमा देखिएकोमा खुशी मान्दै ओलीले भने, ‘उनीहरुका कार्यकर्ता सकिएछन्, त्यसैले आफै हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ता जति त सबै यतै छन् ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनकै बदनाम गराएको आरोप लगाए । उनले भने, उनले भने, मान्छे विग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उहाँ बाटामा बसेको छ । कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु । विगतमा पनि दुख दिए । विगतका आन्दोलनहरुलाई पटक पटक बद्नाम गराए वा ध्वस्त पारे । जनताले सुन्न नसक्ने गरि म्युनिष्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिष्ट आन्दोलन भनेको निर्दयी, हृदयहिन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको भन्ने प्रभाव दिने गरी उपद्रो मच्चाए ।

कम्युनिष्ट आन्दोलनलाई विगतमा निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गर्नेहरुलाई आफुले धेरै कोसिस गरे पनि सुधार्न नसकेको ओलीले बताए ।

 

माधव नेपालप्रति आक्रमक

प्रधानमन्त्री ओलीले विहिबार पनि भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसंग दोहोयाए ।

ओलीले नेपालप्रति दुःख मनाउ गर्दै भने, “यसपटक पनि उहाँ कपाल लुछीलुछी, छाति पिटी पिटी किन रुनुभएको छ ?आयोग बन्यो अब किसानको केही हुने भो उहाँलाई पिर परेको छ । उहाँलाई कृषि के हो ? हलो त समातेको छैन कहिल्यै । के बुझ्नु ? नजोति खान पाएपछि किन बुझ्नु ?”

आफ्नै कार्यकर्ता नियुक्त गर्दा नि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध सिर्जना गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।

उनले भने, “माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न दल बहादुर आफ्नै मन्त्री अनि शारदा सुवेदीलाई मेरो होइन भन्नुभयो । पछिल्लो समय पनि उहाँले दिएको दुख त्यही हो मेरा मान्छे । मेरा पक्षधर । यसपटक पनि उहाँहरुले खुब रोक्न खोज्नुभयो । पर्नुभो फेला पद्मा अर्यालको । देवी ज्ञवाली कसको मान्छे ? मेरो मान्छे हो ? मेरो त जात, गोत्र ठेगाना केही पनि मिल्दैन । पार्टीको मान्छे हो ।

 

कानुनको पालना गर्न सुझाव

प्रधानमन्त्री ओलीले प्रचण्डलाई अनावश्यक रुपमा हप्की दप्की नगर्न र कानूनको पालना गर्न सुझाव दिए । । प्रचण्ड-नेपाल समूह आक्रामक ढंगले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिडेको उल्लेख गर्दै उनले अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताए ।

ओलीले भने, ‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याईँको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु । ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानून मान्दिनँ भनेर उपद्रोप मच्चाएर हिँड्नुभएको थियो । त्यो जामाना गयो । अब कानूनको पालना गर्नुहोस् । अदालतलाई, निर्वाचन आयोगलाई धम्क्याएको छ । हामी यहाँ छौ भनेर ।’

 

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ५ : ०७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई