१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रचण्ड-नेपाललाई ओलीको व्यङ्ग : आफु गाडीमा हिँड्ने, जनताको तरकारी फाल्दिने ! कम्युनिष्टको आन्दोलनको बदनाम भयो



काठमाडौं । आफैले आयोजना गरेको आम हड्तालमा आफु गाडी चढेर जनतालाई दुःख दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यङ्ग गरेका छन् ।

काठमाडौंमा अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दुःख पाए भनेर तमासा हेर्न हिँडेको भन्द्र व्यङ्गात्मक आक्रोश पोखेका हुन् ।

ओलीले कोही गाडीमा र कोही मोटरसाइकलमा बसेर सडकमा जनतालाई दुःख दिँदै तमासा हेर्न हिँडेको आरोप लगाए । बन्दको नाममा आफु गाडीमा हिँड्ने गरिबको तरकारी फ्याँकिदिएर जनतालाई दुःख दिने काम भएको भन्दै ओलीले थपे , ‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारीता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफु गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो । अर्को गाडी चढ्न अलि भएन, आफैले बन्द गर्या गाडी नै त नचढुँ भनेर बाईक सम्म त हुन्छ भने रबाईक लिएर हिड्र्दै जनताले कति दुख पाए भनेर रमिता हेर्दै हिड्नु भो । कार्यकर्ता सिद्धिएछन् कार्यकर्ता यता छन् कहाँ बाट होस् त उता । कार्यकर्ता सिद्धिएछन् अनि आफै हामी यहाँ छौ भन्ने एउटा टास्यो । अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिईराखेको । उभिएको कस्तो ठाउँमा फेरी सातदोबाटोमा । साईनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् । आफै उत्रनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाडीमा र माधवकुमार नेपाल मोटरसाइकलमा चढेर उनीहरुद्वारा बिहीबार नै आयोजित आम हड्तालमा सडकमा सहभागी भएका थिए ।

ओलीले प्रचण्ड र नेपालसँग कार्यकर्ता सिद्धिएको दाबी समेत गरे । हड्तालमा केही कार्यकर्ता मात्र सडकमा देखिएकोमा खुशी मान्दै ओलीले भने, ‘उनीहरुका कार्यकर्ता सकिएछन्, त्यसैले आफै हिँड्याछन् । कार्यकर्ता छैनन् सिद्धिएछन् । कार्यकर्ता जति त सबै यतै छन् ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाललाई कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनकै बदनाम गराएको आरोप लगाए । उनले भने, उनले भने, मान्छे विग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उहाँ बाटामा बसेको छ । कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु । विगतमा पनि दुख दिए । विगतका आन्दोलनहरुलाई पटक पटक बद्नाम गराए वा ध्वस्त पारे । जनताले सुन्न नसक्ने गरि म्युनिष्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिष्ट आन्दोलन भनेको निर्दयी, हृदयहिन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको भन्ने प्रभाव दिने गरी उपद्रो मच्चाए ।

कम्युनिष्ट आन्दोलनलाई विगतमा निर्दयी, संवेदनहीन, मानवताहीन भएको हुन्छ भनेर उपद्रो गर्नेहरुलाई आफुले धेरै कोसिस गरे पनि सुधार्न नसकेको ओलीले बताए ।

 

माधव नेपालप्रति आक्रमक

प्रधानमन्त्री ओलीले विहिबार पनि भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसंग दोहोयाए ।

ओलीले नेपालप्रति दुःख मनाउ गर्दै भने, “यसपटक पनि उहाँ कपाल लुछीलुछी, छाति पिटी पिटी किन रुनुभएको छ ?आयोग बन्यो अब किसानको केही हुने भो उहाँलाई पिर परेको छ । उहाँलाई कृषि के हो ? हलो त समातेको छैन कहिल्यै । के बुझ्नु ? नजोति खान पाएपछि किन बुझ्नु ?”

आफ्नै कार्यकर्ता नियुक्त गर्दा नि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध सिर्जना गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।

उनले भने, “माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न दल बहादुर आफ्नै मन्त्री अनि शारदा सुवेदीलाई मेरो होइन भन्नुभयो । पछिल्लो समय पनि उहाँले दिएको दुख त्यही हो मेरा मान्छे । मेरा पक्षधर । यसपटक पनि उहाँहरुले खुब रोक्न खोज्नुभयो । पर्नुभो फेला पद्मा अर्यालको । देवी ज्ञवाली कसको मान्छे ? मेरो मान्छे हो ? मेरो त जात, गोत्र ठेगाना केही पनि मिल्दैन । पार्टीको मान्छे हो ।

 

कानुनको पालना गर्न सुझाव

प्रधानमन्त्री ओलीले प्रचण्डलाई अनावश्यक रुपमा हप्की दप्की नगर्न र कानूनको पालना गर्न सुझाव दिए । । प्रचण्ड-नेपाल समूह आक्रामक ढंगले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिडेको उल्लेख गर्दै उनले अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताए ।

ओलीले भने, ‘कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याईँको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु । ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानून मान्दिनँ भनेर उपद्रोप मच्चाएर हिँड्नुभएको थियो । त्यो जामाना गयो । अब कानूनको पालना गर्नुहोस् । अदालतलाई, निर्वाचन आयोगलाई धम्क्याएको छ । हामी यहाँ छौ भनेर ।’

 

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ५ : ०७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर