२० मंसिर २०८२, शनिबार | December 6, 2025

जोडी वल्र्ड टेनिस टुर–जे ५ : आरभ र अकीको जोडी फाइनलमा



काठमाडौ । नेपालका अरभ सम्राट हाडा र अकी जुवेन रावतको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मनन र आर्यन शाहीको जोडीको सामना गर्नेछ । लक्ष्मनन र शाहीको जोडीले भारतकैे अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यता महिला डबल्सतर्फ नेपालकी अभिलासा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४,६–०को सोझो सेटमा जित हात पार्दै उपाधि नजिक पुगेका हुन् । यता दोस्रो सेमिफाइनलमा भने नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी सेमिफाइनलमा निराश भएको छ । कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४, ६–१ ले निराश भएका हुन् ।

उपाधिका लागि विष्ट र जियानेवायवाको जोडीले को जोडीको सामना गर्नेछ ।

यता पुरुष एकलमा भारतका अमन धानिया,अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम ४ मा स्थान पक्का गरेका छन् ।धानियाले भारतकै आर्यन शाहीमाथि ६–२,६–० ले हराउदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४,६–३ ले निराश भए ।

त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकलाई ६–२,७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–०,६–२ ले हराए ।

यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङभेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रातुजा चापाल्रले सेमिफाइनमा स्थान पक्का गरेका छन् ।मार्टिले अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६,६–१,७–६ को जित हात पार्दा रतुजाले बेल्जियमकी क्याट चोपेजलाई २–६,६–४,६–२ को सेटमा हराइन ।त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५,६–१ को सोझो सेटमा पराजित गरिन् ।यता देशपाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम ४ मा स्थान पक्का गरेकी हुन् ।

प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको छन् ।प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : ३८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले