२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन



पोखरा । काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट संघलाई पुनर्गठन गरिएको हो ।

पुनर्गठित कार्यसमितिमा अध्यक्षमा पुरानै अध्यक्ष देवेन्द्र शेरचन कायम रहेका छन् भने उपाध्यक्षमा यस अघिका केन्द्रीय सदस्य बृजेन्द्रबहादुर हमाल चयन भएका छन् । त्यसैगरि यस अघिका सचिव सुवोध प्रधानलाई महासचिव बनाईएको छ भने सचिवमा बीरबहादुर खड्का, बखतबहादुर शाही र मनिष जोसी चयन भएका छन् । कोषाध्यक्षमा दशरथ रिसाललाई चयन गरिएको छ ।

त्यसैगरि संघको ७ वटै प्रदेशका लागि प्रदेश संयोजक समेत तोकिएका छन् । जस अनुसार प्रदेश १ संयोजकमा बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दिपक गुरुङ, गण्डकी प्रदेशमा हरिश्वर पोखरेल, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णाली प्रदेशमा हरिबहादुर विष्ट र सुदुपश्चिम प्रदेशमा श्याम विष्टलाई मनोनित गरिएको छ ।

संघका अध्यक्ष शेरचनका अनुसार यस अघिको केन्द्रीय समितिमा केहि हेरफेर गरिएको छ । अध्यक्ष शेरचनले प्रस्ताव गरेको पुनर्गठित केन्द्रीय समितिलाई कांग्रेसका खेलकुद विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनुमोदन गरेका थिए ।

कार्यक्रममा बोल्दै खेलकुद विभाग प्रमुख बस्नेतले पुनर्गठित समितिले सक्रियता बढाएर प्रदेश र जिल्ला तहमा कार्यक्रम अगाडि बढाउने बताए ।

 

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ९ : ५८ बजे

बिहानै मदिराले मातेपछि…

बाजुरा । बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार

हुलाकमार्फत घरघरमै राहदानी

चन्द्रपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन